समाज


मोटरसाइकल दुर्घटनामा सामुदायिक स्कुलका प्रधानाध्यापकको मृत्यु

मोटरसाइकल दुर्घटनामा सामुदायिक स्कुलका प्रधानाध्यापकको मृत्यु

नेपालखबर
असार २०, २०८२ शुक्रबार ८:९, काठमाडौँ

गएराति हेटौँडामा भएको मोटरसाइकल दुर्घटनामा सामुदायिक विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ। 

हेटौँडा उपमहानगरपालिका- १० स्थित राप्ती रोडमा गएराति ११ बजेतिर ना.४३ प ४५१५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरकै राक्सिराङमा रहेको कालिका माविका प्रधानाध्यापक ४५ वर्षीय दीपेन्द्रकुमार झाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

झा धनुषाको जनकपुरधाम उपहानगरपालिका- ४ का स्थायी वासिन्दा हुन्। उनी विगत १५ वर्षदेखि  कालीका माविमा कार्यरत थिए। 

शिक्षक झा बुद्धचोकबाट थानाभर्याङतर्फ जाँदै गर्दा दुर्घटनामा परेका हुन्। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लका अनुसार ह्युमपाइप राख्नको लागि खनिएको सडकमा मोटरसाइकल दुर्घटना हुँदा प्रधानाध्यापक झाको मृत्यु भएको हो।  

प्रधानाध्यापकको मृत्युपछि राक्सिाराङ क्षेत्र शोकमा डुबेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad