समाज


धोविघाटस्थित फोहोरपानी प्रशोधन केन्द्रको प्रारम्भिक परीक्षण सुरू

धोविघाटस्थित फोहोरपानी प्रशोधन केन्द्रको प्रारम्भिक परीक्षण सुरू

नेपालखबर
असार २०, २०८२ शुक्रबार १६:१८, काठमाडौँ

आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गत धोविघाटकोे एउटा फोहोरपानी प्रशोधन केन्द्रको प्रारम्भिक परीक्षण सुरू भएको छ।

भक्तपुरको सल्लाघारी र ललितपुरका कोड्कु तथा धोविघाटमा निर्माण भइरहेका फोहोरपानी प्रशोधन केन्द्रहरूमध्ये धोविघाटकोे उक्त प्रशोधन केन्द्रको निर्माण कार्य करिब सम्पन्न भई प्रारम्भिक परीक्षण सुरू भएको आयोजना उपनिर्देशक एवम् प्रवक्ता इन्जिनियर विकेश बधानथाछेले जानकारी दिए।

आयोजनाका अनुसार गतवर्ष निर्माण सम्पन्न भई प्रारम्भिक परीक्षण सुरू गर्ने तयारी भइरहेको समयमा सोही वर्षको असोजमा आएको बाढीबाट केन्द्रका केही भौतिक संरचना सहित इलेक्ट्रोमेकानिकल प्रणालीमा क्षति पुगेका कारण प्रारम्भिक परीक्षण अवरूद्ध भएको थियो।

गतवर्षको बाढीबाट क्षतिग्रस्त भौतिक संरचना सहित इलेक्ट्रोमेकानिकल प्रणालीको निर्माण एवम् मर्मत सम्भार कार्य करिव सम्पन्न भएसँगै प्रतिदिन ३ करोड ७० लाख लिटर फोहोरपानी प्रशोधन क्षमताको धोविघाटस्थित एउटा केन्द्रको प्रारम्भिक परीक्षण सुरू गरिएको हो।

सो केन्द्रको संचालन निर्माण सम्पन्न भएको मितिले ५ वर्षसम्म सम्बन्धित निर्माण व्यवसायीबाट नै हुने व्यवस्था रहेको छ।

यसैगरी, धोविघाटमा अर्को फोहोरपानी प्रशोधन केन्द्र सहित कोड्कु र सल्लाघारीमा समेत फोहोरपानी प्रशोधन केन्द्रहरूको निर्माण कार्य तदारूकताका साथ भइरहेको आयोजनाले जनाएको छ।

निर्माणाधीन फोहोरपानी प्रशोधन केन्द्रहरूमध्ये धोविघाटको अर्को केन्द्रको पनि प्रशोधन क्षमता प्रतिदिन ३ करोड ७० लाख लिटर, कोड्कुको प्रतिदिन १ करोड ७५ लाख लिटर र सल्लाघारीमा निर्माणाधीन केन्द्रको प्रतिदिन १ करोड ४२ लाख लिटर रहेको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad