समाज


बीपी राजमार्गमा अझै एक महिना राति गाडी चलाउन नपाइने

बीपी राजमार्गमा अझै एक महिना राति गाडी चलाउन नपाइने

फाइल तस्बिर


नेपालखबर
असार २०, २०८२ शुक्रबार १७:२२, काठमाडौँ

यात्रुवाहक गाडीलाई रातको समयमा  बीपी राजमार्ग हुँदै सिन्धुलीको खुर्कोटबाट काठमाडौँ आउन रोक लगाइएको समयलाई बढाइएको छ। 

काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछापको संयुक्त सुरक्षा बैठकले मनसुन सक्रिय अवस्थामा नै रहेकाले विपद्को अवस्था सिर्जना हुन नदिन थप ३० दिन निजी र सार्वजनिक यात्रुवाहक गाडी चलाउन नदिने निर्णय गरेको हो। 

जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म गाडीलाई रोक लगाएको हो। यसअघि असार २० गतेसम्म गाडी चल्न रोक गाइएकोमा थप ३० दिन थपिएको प्रशासनले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad