समाज


उपलब्ध स्रोत साधन प्रयोग गरी कमीकमजोरी सुधारेर जिम्मेवारी बहन गरौँ: आईजीपी थापा

उपलब्ध स्रोत साधन प्रयोग गरी कमीकमजोरी सुधारेर जिम्मेवारी बहन गरौँ: आईजीपी थापा

नेपालखबर
असार २२, २०८२ आइतबार १९:२५, काठमाडौँ

प्रहरी महानिरीक्षक दिपक थापाले प्रहरी कर्मचारीहरूले उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरी विगतमा देखिएका कमी कमजोरीहरूलाई सुधार गर्दै थप संयमता तथा व्यावसायिकता प्रदर्शन गरी नागरिक केन्द्रीत भई आ-आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने
बताएका छन्। 

नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायतका विषयमा आइतबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा थापाले यस्तो बताएका हुन्। 

प्रहरी महानिरीक्षक थापाले प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न तयारी अवस्थामा रहन सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए। विपद्को समयमा प्रहरीले उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गरी जोखिमका क्षेत्रहरूमा सचेतना फैलाउने र विभिन्न निकायहरूसँग समन्वय गरी उद्दार कार्यमा खटिनुपर्ने उनको भनाइ छ। 

प्रहरी महानिरीक्षक थापाले चुनौतिको रूपमा देखा परेका प्रविधिको प्रयोगबाट सिर्जित अपराध, संगठित अपराध, लागूऔषधको बढ्दो ओसारपसार र प्रयोगलाई नियन्त्रण गर्न प्रहरी कर्मचारी थप सजग हुनुपर्नेमा जोड दिँदै महिला बालबालिका, ज्येष्ठ नागरिक र सीमान्तकृत

वर्गमाथि हुने अपराधमा विशेष संवेदनशील भई कार्य गर्नुपर्ने बताए। 

साथै उनले हिरासत व्यवस्थापन एवम् फरार प्रतिवादी पक्राउमा विशेष सक्रियता अपनाई कार्य गर्नुपर्ने समेत बताए। प्रहरी महानिरीक्षक थापाले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न अन्य सरोकारवाला नियहरूसँग समन्वय गरी प्रभावकारी र परिणाममुखी ढंगबाट परिचालन हुन निर्देशन दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad