नेपाल बार एसोसिएसनले सार्वजनिक सरोकारका मुद्दामा भएका फैसलाबारे अध्ययन समिति बनाउने भएको छ।
आइतबार विज्ञप्ति प्रकाशित गरी बारले अध्ययन समितिमार्फत प्राज्ञिक अध्धयन गरी ति मुद्दामा आफ्नो धारणा सार्वजनिक गर्ने जनाएको छ।
‘राष्ट्रिय महत्वका एवं सार्वजनिक सरोकारका मुद्दाहरू र अन्य मुद्दाहरूमा अदालतबाट भएका फैसलाहरूका बारेमा आमसञ्चारका माध्यम र सामाजिक सञ्जालमा आएका विषयहरु प्रति नेपाल बार एशोसिएशनको गम्भिर ध्यानाकर्षण भएको छ’ महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अदालतबाट भएका फैसलाहरूका बारेमा पूर्णपाठ तयार भएपछि नेपाल बार एसोसिएसनले फैसला अध्ययन समिति मार्फत प्राज्ञिक अध्ययन गरी आफ्नो धारणा सार्वजनिक गर्ने जानकारी गराईन्छ।’
साथै नेपाल मेडिकल एसोसिएसनले सार्वजनिक गरेको विरोधका कार्यक्रमका सम्बन्धमा नेपाल बार एसोसिएसन, नेपाल इन्जिनियर्स एसोसिएसन र नेपाल मेडिकल एसोसिएसनकाबीचमा गम्भीर छलफल भएको पनि बारले जनाएको छ।
नेपाल मेडिकल एसोसिएसनले गर्न लागेको विरोध कार्यक्रमका कारण उत्पन्न परिस्थितीलाई थप जटिल बन्न नदिई वार्ताद्वारा समस्या समाधान गर्न पनि सम्बद्ध पक्षसँग आग्रह गरिएको छ।
Shares

प्रतिक्रिया