समाज


मोरङमा दुई सवारी दुर्घटना, दुई जनाको मृत्यु

मोरङमा दुई सवारी दुर्घटना, दुई जनाको मृत्यु

नेपालखबर
असार २३, २०८२ सोमबार १३:३०, काठमाडौँ

मोरङमा सावारी साधन दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।  मोरङ, पथरीशनिश्चरे नगरपालिका-२ स्वागत टोलमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट सोही ठाउँ बस्ने ६७ वर्षीय दिलमान साम्बाको मृत्यु भएको हो।

आइतबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो।

यसैगरी मोरङ, विराटनगर महागनरपालिका-३ स्थित सडकमा ढाँटबाट कन्चनबारीतर्फ आउँदै गरेको को ३७ प २६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा चालक सप्तरी घर भएका २४ वर्षीय अरबिन यादवको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad