समाज


‘स्वास्थ्य कार्यालय पर्साका अधिकृत ठाकुरद्वारा पत्रकारमाथि दुर्व्यवहार’

‘स्वास्थ्य कार्यालय पर्साका अधिकृत ठाकुरद्वारा पत्रकारमाथि दुर्व्यवहार’

नेपालखबर
असार २३, २०८२ सोमबार १५:१७, काठमाडौँ

नेपाल पत्रकार महासंघले स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले पत्रकारमाथि गालीगलौज र दुर्व्यवहार गरेकोमा ध्यानाकर्षण भएको जनाएको छ।

चलचित्र पत्रकार संघको कार्यक्रममा भाग लिने क्रममा तालिममा पुगेका पत्रकारमाथि ठाकुरले दुर्व्यवहार गरेको महासंघको भनाई छ।

महासंघ पर्सा शाखाका अनुसार यही असार २२ गते सो कार्यालयको एक तालिम सञ्चालन भइरहेको स्थानमा शाखा कार्यसमिति सदस्य आरोहणकुमार साहसहित राजु बैठा, राकेशकुमार साह, सन्तोषकुमार कुशवाह, अर्जुन चौधरी, आनन्दकुमार पटेललगायतमाथि दुर्व्यवहार भएको हो।

‘कुनै पनि बहानामा पत्रकारमाथि यस प्रकारका व्यवहार निन्दनीय हुनुका साथै प्रेसविरोधी कार्य हो’ घटनाको विरोध गर्दै महासंघले आइतबार विज्ञप्ति प्रकाशित गरी भनेको छ, ‘महासंघ यस्ता कार्यमा संलग्नमाथि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन र यस किसिमका घटना दोहोरिन नदिनेतर्फ कडा कदम चाल्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad