कला


‘जहाजैमा’ फागुन १ देखि रिलिज हुने

‘जहाजैमा’ फागुन १ देखि रिलिज हुने

नेपालखबर
असार २३, २०८२ सोमबार १५:२५, काठमाडौँ

फिल्म ‘जहाजैमा’को प्रदर्शन मिति तय गरिएको छ। छायांकन सुरु हुनु भन्दाअगावै निर्माणपक्षले फागुन १ गतेलाई प्रदर्शन मिति तय गरेको हो।

फिल्मको निर्माणपक्षले आर।आर फिल्मस्सँग वितरणको सहकार्य गर्दै फागुनको १ गतेबाट फिल्म रिलिज गर्ने घोषणा गरेको हो। फिल्मलाई आर।आर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्नेछन्।

कृषा चौलागाइको निर्देशनमा बन्ने यो फिल्ममा अभिमन्यू निरवीको लेखन, पुरुषोत्तम प्रधानको डीओपी रहनेछ। यो फिल्ममा केदार घिमिरे, सौगात मल्ल, जापानीज नायिका रुजेल इचिमिया फाइनल भइसकेका छन्। अन्य, कलाकारहरु पनि फिल्ममा फाइनल गर्ने चरणमा रहेको निर्माणपक्षले बताएको छ।

भदौबाट यो फिल्मको छायांकन जापानमा सुरु हुनेछ। हाल फिल्मको प्रि–प्रोडक्सनको काम तिव्र रुपमा अगाडि बढिरहेको छ।  

उज्ज्वल गुरागाँइको निर्माणमा तयार हुन लागेको फिल्मलाई यूएनए प्रोडक्सनको व्यानरमा बनाउन लागिएको हो। फिल्मलाई नेपाल, जापन र फिलिपिन्समा खिचिनेछ। फिल्मलाई उत्कृष्ट बनाउन आफूहरुले कुनै कसर बाँकी नराख्ने निर्माणपक्षले बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad