समाज


अपडेट: भोटेकोसीको बाढीमा ३ प्रहरीसहित भण्डै १७ जना बेपत्ता

अपडेट: भोटेकोसीको बाढीमा ३ प्रहरीसहित भण्डै १७ जना बेपत्ता

नेपालखबर
असार २४, २०८२ मंगलबार ८:३४, काठमाडौँ

आज बिहान रसुवको भोटेकोसी नदीमा आएको बाढीमा प्रहरीसहित झण्डै १७ जना जति बेपत्ता भएका छन्। 

रसुवाका डीएसपी हेम बहादुर शाहीले दिएको जानकारीअनुसार तीनजना प्रहरीसहित करिब १७ जना जति स्थानीय बाढीमा बेपत्ता भएका हुन्।

‘संख्या यकिन भएको छैन। तर, तीन जना प्रहरीसहित १६ १७ जना स्थानीय बाढीमा बेपत्ता भएको विवरण हामीकहाँ आएको छ,’ उनले केहीबेरअघि नेपालखबरसँग भने, ‘हामी बेपत्ताको खोजी र उद्धारमा खटिएका छौँ।’

मंगलबार बिहान भोटेकोसी नदीमा एक्कासी ठूलो बाढी आउँदा रसुवागढी भन्सार क्षेत्र टिमुरेमा ठूलो क्षति पुगेको छ। 

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बाढीमा तीन जना प्रहरी, ६ जना नेपाली कामदार ४ जना चिनिया मजदुर र २ जना गाडी ड्राइभरसहितका स्थानीय बेपत्ता भएका हुन्। 

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल पनि बगाएको छ भने त्यहाँ रहको ड्राइपोर्टमा राखिएका सयौँ इभी गाडी पनि बगाएको छ। स्याफुरुबेसी जोड्ने सडक सँगै जलविद्युत आयोजनाको संरचनामा पनि क्षति पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad