समाज


रसुवामा भोटेकोसी नदीले १७ जना बगाइसक्दा प्रधामन्त्रीले भने: सतर्कता अपनाऔँ

रसुवामा भोटेकोसी नदीले १७ जना बगाइसक्दा प्रधामन्त्रीले भने: सतर्कता अपनाऔँ

रसुवाको अवस्था


नेपालखबर
असार २४, २०८२ मंगलबार ८:४९, काठमाडौँ

रसुवामा भोटेकोसी नदीले १७ जना बगाइसक्दा पनि प्रधानमन्त्री केपी शर्मा ओली बेखबर देखिएका छन्।

यसबीच उनले त्रिशूली नदीलगायत केही नदीको जलसतह बढेका समाचार मात्र थाहा पाएका छन्।

उनले मंगलबार बिहान फेसबुकमा लेखेका छन्, त्रिशुली नदीलगायत केही नदीहरूको जलसतह बढेका समाचारहरू आएका छन्। जल तथा मौसम विज्ञान विभागको सूचनामा ध्यान दिएर आवश्यक सतर्कता अपनाऔँ। विपत् व्यवस्थापन विभागले सम्पर्कका लागि दिएका सुरक्षा निकाय, सुरक्षाकर्मी र स्वयंसेवकहरूसँग सम्पर्कमा रहौँ। आफू सुरक्षित होऊँ, अरूलाई पनि सुरक्षित राखौँ।

उनले यो पोस्ट गर्नुअघि बिहानैदेखि रसुवामा भोटेकोसीको बाढीबाट ठूलो मात्रामा जनधन क्षति भएको समाचार छ्याप्पछ्याप्ती भइसकेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad