समाज


अदालतको फैसलाले आक्रोशित चिकित्सक (तस्बिरहरू)

अदालतको फैसलाले आक्रोशित चिकित्सक (तस्बिरहरू)

सौगात दाहाल
असार २४, २०८२ मंगलबार १४:१९, काठमाडौँ

उपभोक्ता अदालतको फैसलामा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका चिकित्सकले आज माइतीघर मण्डलामा प्रर्दशन गरेका छन्।

२ दिनदेखि आकस्मिक बाहेकका सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका चिकित्सक आज माइतीघर मण्डलामा भेला भएर भएका हुन्। माइतीघरमा जम्मा भएका चिकित्सकहरूले नयाँ बानेश्वरसम्म र्‍याली निकालेका थिए। 

काठमाडौं बाहिर भने चिकित्सक संघको शाखामा भेला हुने र स्वास्थ्य संस्थामा धर्ना दिएका छन्। 

नेपाल चिकित्सक संघको आह्वानमा चरणबद्ध आन्दोलन गरेका सरकारी र निजी अस्पतालमा कार्यरत देशभरका चिकित्सकले असार २३ गतेदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन्।

संघका अध्यक्ष डा अनिल कार्कीले चिकित्सकको मनोबल गिराउने गरी फैसला आएकाले देशभर आकस्मिक बाहेका सेवा ठप्प पारेको जनाए। 

‘अब उपभोक्ताको नाममा उपचार गराउने बातावरण नभए पछि सेवा बहिष्कार गरेका छौँ। आकस्मिक र सघन उपचार भने सुचारु नै छ,’ उनले भने, ‘हाम्रो माग सम्बोधन नभए आन्दोलनलाई झन सशक्त बनाउदै लैजान्छौँ।’

डा कार्कीका अनुसार आज नेपाल मेडिकल काउन्सिलमा लाइसेन्स बुझाउने तयारी भएको बताए। 

‘चिकित्सकको प्रमाणपत्र इमेलमार्फत संकलन भइरहेको छ। आज  बेलुका सम्म नै मेडिकल काउन्सिललाई लाइसेन्स बुझाउने तयारी गरेका छौँ।’

उपभोक्ता अदालतले ओम अस्पतालले ५० लाख ७० हजार रुपैयाँ, हिमाल अस्पताल र उपचारमा संलग्न चिकित्सकले १ करोड ४५ लाख रुपैयाँ र ग्रान्डी सिटी अस्पताल र त्यहाँ उपचारमा कार्यरत चिकित्सकले ५७ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको थियो। अदालतको फैसला पछि चिकित्सकहरू आक्रोशित हुँदै आन्दोलन सुरु गरेका हुन्।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन (पहिलो संशोधन) अध्यादेश २०७९ मा स्वास्थ्य संस्थामा हड्ताल वा घेराउ गर्न नहुने, स्वास्थ्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमले बाधा पुर्‍याउन नहुने र आन्दोलन, बन्द जस्ता कार्यमा उत्रिने जो–कोहीलाई एक वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad