समाज


नदीबाट दाउरा निकाल्न खोज्दा बगेर एकजनाको मृत्यु

नदीबाट दाउरा निकाल्न खोज्दा बगेर एकजनाको मृत्यु

सांकेतिक फोटो


नेपालखबर
असार ३०, २०८२ सोमबार १५:१९, काठमाडौँ

बाजुराको बुढीगङ्गा नगरपालिकामा बुढीगङ्गा नदीले बगाउँदा एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा बुढीगङ्गा–२ ताँप्राका ३७ वर्षीय लोकबहादुर बुढथापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए। उनका अनुसार बुढीगङ्गा–३ र ६ मा पर्ने बुढीगङ्गा नदीको किनारमा दाउरा निकाल्ने क्रममा नदीले बगाएर उनको मृत्यु भएको हो। 

दाउरा ल्याउन गएका बुढथापा घर नफर्किएपछि खोजी गर्दा करिब एक किलोमिटर तल नदीको किनारमा शव भेटिएको प्रहरी नायब उपरीक्षक हवारीले बताए। उनको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad