वीरगञ्जको छपकैयामा ३ जना कोरोना संक्रमित फेला परेपछि त्यस क्षेत्रलाई पूर्ण रुपमा सिल गर्न प्रदेश सरकारले निर्देशन दिएको छ।
संक्रमण फैलिन नदिन वीरगञ्ज महानगरपालिका २ छपकैयालाई सिल गर्न तथा संक्रमितहरुको सम्पर्कमा आएका सबै जनाको कन्ट्याक्ट ट्रेसिङ गर्न प्रदेश सरकारबाट निर्देशन भइसकेको समाजिक विकास मन्त्रालय प्रदेश २ का सचिव रामप्रसाद घिमिरेले जानकारी दिए।
छपकैयास्थित जामे मस्जिदमा बस्दै आएका २४ जनाको स्वाब परीक्षण गर्दा त्यस मध्येका ३ जनामा कोरोन संक्रमण पुष्टि भएको हो।
तीन संक्रमितलाई नारायण उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ। संक्रमित तीनै जना भारतीय नागरिक हुन्।

प्रतिक्रिया