समाज


कोरोना भाइरसः न्युयोर्कमा यसरी गरिन्छ सामूहिक अन्त्येष्टि

कोरोना भाइरसः न्युयोर्कमा यसरी गरिन्छ सामूहिक अन्त्येष्टि

नेपालखबर
चैत ३०, २०७६ आइतबार ११:१६,

अमेरिकामा लगातार कोरोना संक्रमित र मृतक संख्या बढिरहेका छन्। अमेरिकाको पनि न्युयोर्क राज्य कोरोनाले निकै ग्रस्त बनेको क्षेत्र हो।

यसबीचमा हालै न्युयोर्कमा कोरोनाको संक्रमणबाट मृत्यु भएका मानिसको सामूहिक अन्त्येष्टि गरिएको तस्बिर सार्वजनिक भएको छ।

हार्ट आइल्याण्डमा मृतकको शरीरलाई गाडिएको तस्बिर सार्वजनिक भएका हुन्।

तस्बिरमा देखिएअनुसार सुरक्षित कपडा लगाएका मानिसले ठूलो खाल्डो खनेर लासहरु गाडेका छन्।

न्यूयार्क में लाशों की सामूहिक अंत्येष्टि

ड्रोनको सहायतामा खिचिएको तस्बिरमा देखिएअनुसार उक्त क्षेत्रमा डेढ सय लाशलाई एकैपटक पुर्न लागिएको बीबीसीले जनाएको छ।

न्युयोर्कमा कोरोना संक्रमितको संख्या एक लाख ६० हजारभन्दा बढी छन्। त्यहाँ ८ हजार बढीको ज्यान भएको छ।

समाचार संस्था एपीका अनुसार हार्ट आइल्याण्डमा सामान्यतः एक हप्तामा लगभग २५ लाश आउने गर्दथ्यो। अहिले त्यहाँ एकै दिनमा २५ लाशको अन्त्येष्टी हुने गर्दछ। एजेन्सी

Dozens of bodies buried in mass grave on New York's Hart Island as ...

Workers bury the dead in mass grave on New York City's Hart Island ...

Coronavirus in New York: N.Y.C. to Bury Some Victims on Hart ...

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad