समाज


भरुवा बन्दुक बोकेर मोटरसाइकलमा हिँड्ने दुई जना पक्राउ

 भरुवा बन्दुक बोकेर मोटरसाइकलमा हिँड्ने दुई जना पक्राउ

शैलेन्द्र महतो
चैत ३०, २०७६ आइतबार ११:१७,

प्रहरीले धनुषाको मिथिला नगरपालिकाबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मिथिला नगरपालिका ४ पुष्पलपुरका २६ वर्षीय सरोजकुमार महतो र ४४ वर्षीय राजकुमार लामा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

आइतबार दिउँसो साढे ३ बजे भरुवा बन्दुक बोकेर पुष्पलपुर खोला हुँदै ज.१२प १११५ नं. पल्सर मोटरसाइकलमा दक्षिण तर्फबाट उत्तरतर्फ जाँदै गरेको अवस्थामा दुवै जनालाई पक्राउ गरिएको हो।

दुबै जनालाई हातहतियार तथा खरखजाना मुद्दामा जिल्ला अदालत धुनषाबाट म्याद थपगरी अनुसन्धान गरिरहेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad