समाज


कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालन

कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालन

नेपालखबर
असार ३१, २०८२ मंगलबार १९:५८, काठमाडौँ

आइतबार बिहानदेखि अवरुद्ध गुल्मीको कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा आएको छ। करिडोर सडकखण्डअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–१ स्थित गरगरे र वडा नं ६ को बरल्वामा सडकमाथिबाट चट्टानसहितको ठूलो पहिरो खसेपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।

सडक सञ्चालन गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीको समन्वयमा सडक निर्माण कम्पनी कालीका कन्ट्रक्सनद्वारा डोजर र स्काभेटरको माध्यमबाट दुई दिनसम्म पहिरो पन्छाएपछि आज अपरान्हदेखि सडक एकतर्फी  सञ्चालनमा आएको हो। 

वर्षाका कारण दुवै स्थानमा चट्टानसहितको ठूलो पहिरो गएको हुँदा पहिरो हटाउन लामो समय लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले बताए। 
      
पहिरोका कारण कुनै पनि समयमा जोखिम उत्पन्न हुनसक्ने भन्दै स्थानीय पालिका र प्रशासनले त्यस सडक क्षेत्रमा आवतजावत गर्ने मानिसलाई सतर्कता अपनाउन आग्रह गर्दै आइरहेको छ। बर्सात सुरू भएसँगै कालीगण्डकी करिडोर सडक पटकपटक अवरुद्ध हुँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad