समाज


प्राकृतिक विपद्‌का कारण ३ महिनामा ९३ जनाले गुमाए ज्यान

प्राकृतिक विपद्‌का कारण ३ महिनामा ९३ जनाले गुमाए ज्यान

नेपालखबर
असार ३२, २०८२ बुधबार १६:१, काठमाडौँ

बितेको तीन महिनामा विपद्का घटनामा परी देशभर ९३ जनाले ज्यान गुमाएका छन्। यो वर्षको वैशाख १ देखि असार ३१ गतेसम्मको अवधिमा उनीहरूको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

यो अवधिमा रेकर्ड गरिएका दुई हजार १७७ विपद्का घटनामा परी ९३ जनाको मृत्यु भएको हो। ती घटनामा परी २२ जना बेपत्ता छन्।

प्राधिकरणका अनुसार, चट्याङ लागेर २६, आगलागीमा परी १४, बाढीका घटनामा १३, जनावरको आक्रणमबाट १२, लेक लागेर ११, हावाहुरीका कारण आठ, पहिरो खस्दा ६, सर्पदंशबाट दुई र भारी वर्षाका कारण एकजनाको मृत्यु भएको छ। बेपत्ता भएका सबै २२ जना नै बाढीमा परेका प्राधिकरणले जनाएको छ।

बितेको तीन महिनामा विपद्का घटनामा परी ४४५ जना घाइते भएका प्राधिकरणको तथ्यांक छ। विपद्का घटनाबाट यो अवधिमा चार हजार १३४ परिवार प्रभावित भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad