आज (सोमबार) नयाँ वर्ष २०७७ वैशाख १ गते। अर्थात् २०७६ साल पूरा भएर २०७७ सुरु।
नयाँ वर्षको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले बिहान ८ बजे राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन्।
उनले कोरोना महामारीबीच पनि चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा राष्ट्रिय गान गाउन आग्रह गरेका हुन्।
संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रमलाई समर्थन गर्दै प्रधानमन्त्री ओलीले आम नागरिकलाई नयाँ वर्ष २०७७ को पहिलो दिन आज घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन आह्वान गरेका हुन्।
ट्विट गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘राष्ट्रिय गान गाऔं, राष्ट्रिय धुन बजाऔं’ ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्छु।’
"Play the National Anthem!
राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ!"
ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।" pic.twitter.com/vASxaoXtnB

प्रतिक्रिया