ललितपुर जिल्ला अदालतले गएको एक वर्षमा ६५ प्रतिशत मुद्दा किनारा लगाएको छ।
वर्षभरिमा लगतमा चढेका ८ हजार १२८ मुद्दामध्ये ५ हजार ३३२ मुद्दा फर्स्योट भएको ललितपुर अदालतले जनाएको छ।
६५.६० प्रतिशत मुद्दा फर्स्योट हुँदा अब २ हजार ७९६ मुद्दा मात्र बाँकी रहेका छन्। यो फर्स्योट दर विगत ७ वर्षयताकै उच्च हो।
यस अदालतले अघिल्लो वर्ष ५८ प्रतिशत मुद्दा फर्स्योट गरेको थियो भने २०७५/७६ मा ५९ प्रतिशत मुद्दा किनारा लगाएको थियो।
न्यायाधीश रिताकुमारी बख्रेलले सबैभन्दा बढी मुद्दाको फैसला गरेकी छन्। ७ न्यायाधीश रहेको उक्त अदालतमा बख्रेलले मात्र १ हजार १२५ मुद्दा किनारा लगाएकी छन्।
कुन न्यायाधीशको कति प्रगति?

ललितपुर अदालतमा २ वर्ष नाघेका मुद्दा ३ वटा विचाराधीन छन् भने १८ देखि २ वर्षभित्रका ८९ मुद्दा किनारा लाग्न बाँकी छन्।
हेर्नुहोस् विगत ७ वर्षको मुद्दाको लगत र फर्स्योट दर:

Shares

प्रतिक्रिया