समाज


आज सुदूरपश्चिमका सबै स्वास्थ्य सेवा ठप्प

आज सुदूरपश्चिमका सबै स्वास्थ्य सेवा ठप्प

फाइल तस्बिर


नेपालखबर
साउन ४, २०८२ आइतबार १२:३५, काठमाडौँ

प्रदेश सरकारले ल्याएको नयाँ समायोजन ऐनको विरोध गर्दै स्वास्थ्यकर्मीहरुले आज सुदूरपश्चिमका स्वास्थ्य संस्था ठप्प पारेका हुन्। 

ऐनले पाँच वर्ष सेवा अवधि पुगेका स्वास्थ्यकर्मीलाई मात्र एक पटकको लागि मात्र एक तह वृद्धि हुने व्यवस्था गरेको छ। त्यसप्रति असन्तुष्टि जनाउँदै सुदूरपश्चिमका ८८ वटै स्थानीयतहमा कार्यरत  स्वास्थ्यकर्मीले विरोध जनाएका छन्। 

स्थानीय तह (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा ९ को उपदफा ४ मा राखिएको समायोजन ऐन २०७५ बमोजिम प्रदेश सरकारले संघीय स्वास्थ्य सेवा अन्तर्गत कार्यरत चौथो, पाँचौँ, र छैटौँ तहका स्वास्थ्यकर्मीलाई स्थानीय तहमा समायोजन गरिएको छ। 

यो प्रावधान स्वास्थ्य सेवा ऐन २०५३ को भावना विपरीत रहेको र कर्मचारीको सेवा सुविधा वृद्धि तथा पेसागत विकासमा बाधक बन्ने भन्दै स्वास्थ्यकर्मीले विरोध गर्दै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad