समाज


स्वास्थ्य मन्त्रालयले रेबिजविरुद्धको ५१ हजार भायल खोप ७ प्रदेशमा पठायो

सर्पदंशविरुद्धको १० हजार एन्टीस्टेक भेनम पनि स्वास्थ्य संस्थामा आपूर्ति
स्वास्थ्य मन्त्रालयले रेबिजविरुद्धको ५१ हजार भायल खोप ७ प्रदेशमा पठायो

फाइल तस्बिर


नेपालखबर
साउन १२, २०८२ सोमबार ११:५३, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेबिजविरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधी आपूर्ति गरेको छ।

विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका प्रमुख डा. पवनजंग रायमाझीले यसअघि नै खरिद भएर आपूर्तीका क्रममा रहेको औषधी प्रदेश सरकारका स्वास्थ्य संस्थामा वितरण गर्ने गरी आपूर्ति केन्द्रहरुमा पुगिसकेको जानकारी दिए।

रेबिज तथा सर्पदंश उपचारमा प्रयोग हुने खोप तथा औषधी अभाव भएको समाचार आएलगत्तै चासो लिँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरुलाई अभाव नहुने गरी तत्काल आपूर्तिको व्यवस्थापन गर्न भनेका थिए। 

उनले आपूर्ति गति बढाएर तथा भावी दिनमा अभाव हुन नदिनेगरि आवश्यक सबै उपाय अपनाउन अधिकारीहरुलाई दिर्देशन दिएका थिए। सोही अनुसार स्वास्थ्य सेवा विभागले सबै प्रदेशहरुमा दुवै प्रकारका औषधी आपूर्ति गरेको हो।

विभागको तथ्यांकअनुसार रेबिजविरुद्ध उपयोग हुने ५१ हजार एक सय ८० भायल भ्याक्सिन प्रदेश आपूर्ति केन्द्रहरुमा पुगिसकेको छ।

सबैभन्दा बढी बाग्मती प्रदेशमा आपूर्ति गरिएको छ। बाग्मतीमा १० हजार ८० भायल रेबिजविरुद्धको खोप आपूर्ति भएको छ भने सर्पदंशविरुद्धको एक हजार भायल भेनम आपूर्ति भएको छ। 

यसैगरी, सर्पदंशका बढी समस्या आउने मधेसमा सर्पदंशविरुद्धको भेनम सबैभन्दा बढी दुई हजार पाँच सय तथा रेबिजविरुद्धको खोप करिब पाँच हजार भायल आर्पूति गरिएको छ।

मागका आधारमा अन्य प्रदेशहरुमा पनि भ्याक्सिन तथा भेनम आपूर्ति गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।

विभागले हाल आपूर्ति भएको औषधि दुई महिनाभित्र हालको आपूर्तिको चार गुणा बढी आपूर्ति हुने गरी व्यवस्था मिलाइएको जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad