समाज


गोसाइँकुण्डमा बेपत्ता २ युवक मृत भेटिए

गोसाइँकुण्डमा बेपत्ता २ युवक मृत भेटिए

नेपालखबर
साउन १२, २०८२ सोमबार १२:३७, काठमाडौँ

पौडी खेल्ने क्रममा आइतबार रसुवाको गोसाइँकुण्डमा बेपत्ता भएका दुई युवकको शव फेला परेको छ। 

नेपाली सेनाले खोजी गर्ने क्रममा सोमबार बिहान उनीहरूको शव फेला परेको हो।

कुण्डमा बेपत्ता भएका मोरङको  विराटनगरका २८ वर्षीय सुजन ढकाल र मोरङको बेलबारीका मनोज न्यौपानेको शव भेटिएको सेनाले जनाएकाे छ।

गहिरो ठाउँबाट स्नान गर्न कुण्डमा पसेका कारण उनीहरु डुबेको हुनसक्ने आकलन गरिएको छ।  

बेपत्ताको खोजीका लागि नेपाली सेना  श्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानलाई आइतबार नै गोसाइँकुण्ड पुगेका थिए।
 
नेपाली सेना, श्रीनाथ गणबाट खटिएको टोलीले स्थानीय स्रोत र साधनको प्रयोग गरी बेपत्ता युवककाे खाेजी गरेकाे थियाे। ती युवककाे शव कुण्डबाट निकालिएकाे र नेपाल प्रहरीलाई बुझाउने क्रममा रहेको सेनाले जनाएको छ। 

गोसाइकुण्ड गाउँपालिका-५ स्थित चारहजार ३८० मिटरको उचाइमा रहेको गोसाइँकुण्ड चौथाइ माइल फराकिलो नीलो पानीको सरोवर हो। 

गोसाइँकुण्ड ताल १ हजार ३० हेक्टर क्षेत्रफलमा फैलिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad