समाज


विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको आरोपमा तीनजना पक्राउ

विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको आरोपमा तीनजना पक्राउ

नेपालखबर
साउन १४, २०८२ बुधबार १८:६, काठमाडौँ

बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

रकम लिएपश्चात लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्कविहीन भएकोका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो। 

पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–५ घरर भइ हाल काठमाडौं महानगरपालिका–१६ बस्ने वर्ष ३१ को अशोक मोक्तान, सल्यानको कपुरकोट गाउँपालिका–३ का ३२ वर्षीय टेक बहादुर घर्ती मगर र तनहुँको व्यास नगरपालिका–४ का ४५ वर्षीय बिमल आले रहेका छन्।

अशोक मोक्तानले यूएई पठाइदिने भनी ६ जनाबाट ११ लाख ४० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। 

यस्तै, टेक बहादुर घर्ती मगरले मलेसिया पठाइदिने भनी एक जनाबाट २ लाख ८ हजार र बिमल आलेले सर्बिया पठाइदिने भनी १२ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

उनीहरूलाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad