समाज


पेप्सिकोलामा पानी ट्यांकरले ठक्कर दिँदा मोटरसाइकलमा सवार २५ वर्षीय युवकको मृत्यु, अर्का घाइते

पेप्सिकोलामा पानी ट्यांकरले ठक्कर दिँदा मोटरसाइकलमा सवार २५ वर्षीय युवकको मृत्यु, अर्का घाइते

नेपालखबर
साउन १५, २०८२ बिहिबार ७:८, काठमाडौँ

काठमाडौँको पेप्सिकोला नजिक पानी ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ। 

गएराति पौने नौ बजेतिर भएको उक्त दुर्घटनामा काभ्रेको रोसी गाउँपालिका- ३ घर भएका २५ वर्षीय नवराज तुमसिङको मृत्यु भएको प्रहरी परिसर काठमाडौँले जनाएको छ। 

काठमाडौँ महानगरपालिका- ३२ छाप्रोमा जडिबुटीबाट पेप्सिकोलातर्फ आउँदै गरेको बा.प्र ०१-००४ क ३२८७ नम्बरको पानी ट्यांकरले विपरित दिशाबाट आउँदै गरेको बा.प्र ०२-०३३ प २५४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकको पछाडि सवार तुमसिङ गम्भीर घाइते भएका थिए। 

उनको उपचारको क्रममा केएमसी अस्पतालमा मृत्यु भएको हो। 

दुर्घटनामा मोटरसाइकल चालक काभ्रेको रोसी-३ कै २६ वर्षीय सन्तोष मगर घाइते भएको छन्। उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। 

दुर्घटनापछि ट्यांकर चालक धादिङ घर भएका ४७ वर्षीय रामबहादुर थापालाई प्रहरी प्रभाग कोटेश्वरले पक्राउ गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad