समाज


हलेसीबाट फर्किँदै गरेको गाडी जयरामघाटमा भिरबाट खस्यो

हलेसीबाट फर्किँदै गरेको गाडी जयरामघाटमा भिरबाट खस्यो

दुर्घटनास्थल।


नेपालखबर
साउन १९, २०८२ सोमबार १०:३२, काठमाडौँ

हलेसीबाट फर्किँदै गरेको गाडी आज बिहान खोटाङ र ओखलढुंगाकाे सीमा नजिक जयरामघाटमा दुर्घटना भएको छ।

सिराहाबाट रिजर्भ लिएर गएको उक्त विङ्गर गाडीमा १७/१८ जना तिर्थालु  सवार रहेका प्रहरीले जनाएको छ। 

गाडी भिरबाट करिब डेढसय मिटरतल खसेर दुर्घटना भएकाे हाे। प्रहरी उद्धारका लागि अहिले घटनास्थलमा पुगेको छ।  

घाइतेलाई ओखलढुंगा र कटारीतर्फ पठाउने काम भइरहेको पनि प्रहरीले जनाएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad