समाज


नक्कली नोटसहित २ जना पक्राउ

नक्कली नोटसहित २ जना पक्राउ

नेपालखबर
साउन २०, २०८२ मंगलबार १२:४४, काठमाडौँ

सुनसरीको कोसी गाउँपालिका-८, भिमनगरबाट प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ।  

सोमबार राति प्रहरीले साथबाट नेपाली १ हजार दरका ३८ थान नक्कली नोट बरामद भएको इलाका प्रहरी कार्यालय भाण्टाबारीले जनाएको छ।

पक्राउ पर्नेमा सप्तरीको हनुमान कंकालिनी गाउँपालिका-१ का २५ वर्षीय राजेश चमार रजक र सोही गाउँपालिका-२ का २५ वर्षीय राजेश कुमार रजक रहेका छन्। 

इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको प्रहरी टोलीले लु ९२ प २३८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्ने क्रममा नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad