समाज


बबई नदीमा पानीको सतह बढ्दो, खतरा स्थानमा सशस्त्र प्रहरी पचिालन

बबई नदीमा पानीको सतह बढ्दो, खतरा स्थानमा सशस्त्र प्रहरी पचिालन

बबई नदी


नेपालखबर
साउन २०, २०८२ मंगलबार १४:०, काठमाडौँ

बाँकेको बबई नदीमा पानीको सहत बढ्दै गएपछि डुवान पर्नसक्ने स्थानहरुमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। 

सो नदीमा पानीको बहाव बढ्दै जाँदा सुर्खेत र बर्दियाको विभिन्न स्थानहरू डुवान पर्नसक्ने भएकोले उद्दारका लागी सुरक्षाफौज परिचालन भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

बबई जलमापन केन्द्रमा जलसतह सतर्कता तह ७ दशमल १७ मिटर पुगेको छ भने पानीको सतह बढ्दो क्रममा रहेको छ। जहा पानीको सतह ६ दशमल ८० पुगेपछि खतरा लेवल मानिन्छ। 

डुवानमा पर्नसक्ने स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण बर्दियाबाट सशस्त्र प्रहरी नायव निरीक्षक नरेन्द्र थापाको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजमा परिचालित भएको हो। 

त्यस्तै डुवानमा पर्नसक्ने क्षेत्रहरुमा सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण बर्दिया मातहत र नं. ३२ रक्तकाली गण सुर्खेत मातहतको सुरक्षा फौज आवश्यक विपद् व्यवस्थापन सामाग्रीसहित तयारी हालतमा राखिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad