समाज


कोरोना प्रभावः जर्मनीमा चिडियाघरले जनावर मार्दै त्यहीँका जनावरलाई खुवाउने

कोरोना प्रभावः जर्मनीमा चिडियाघरले जनावर मार्दै त्यहीँका जनावरलाई खुवाउने

नेपालखबर
बैशाख ३, २०७७ बुधबार ९:७,

कोरोना भाइरस ‘कोभिड १९’ को प्रकोपपछि जर्मनीका चिडियाघरहरु पुरै खाली छन्।

कोरोनाको त्रासपछि चिडियाघर बन्द छ। लकडाउनका कारण कोही घुम्न नआएपछि जर्मनीका चिडियाघरहरु आर्थिक चपेटामा परेका छन्।

यतिबेला चिडियाघरको जनावर तथा पशुपंक्षीलाई खुवाउन निकै गाह्रो भइरहेको जर्मनीका चिडियाघर संचालकहरुले गुनासो गरेका छन्।

उनीहरुल जनावर बचाउनको लागि सहयोग मागिरहेका छन्।

Saving the Iconic Giant Panda | Smithsonian's National Zoo

न्युमुन्स्टर चिडियाघरका निर्देशक भेरेना कस्पारी भन्छन्,‘हामी चिडियाघरको जनावर मारेर त्यहीँकै जनावरलाई खुवाउन बाध्य हुने अवस्थामा पुगेका छौं।’

आफूहरुले कुन जनावर मारेर खुवाउने उक्त जनावरको सूची तयार पारीसकेको कस्पारीले जानकारी दिए। यो भनिरहँदा आफूहरुलाई दुख लागेपछि यसो गर्नु बाध्यता भएको उनी बताउँछन्। बीबीसी

Penguin Feeding | The Maryland Zoo

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad