समाज


सामाजिक विकास कार्यालयद्वारा ५५ आयोजना सम्पन्न

सामाजिक विकास कार्यालयद्वारा ५५ आयोजना सम्पन्न

नेपालखबर
साउन २२, २०८२ बिहिबार १४:३, काठमाडौँ

सामाजिक विकास कार्यालय तनहुँले आर्थिक वर्ष २०८१/८२ मा पुँजीगततर्फ ५५ वटा आयोजना सम्पन्न गरेको छ। कार्यालयले जिल्लाका विभिन्न ठाउँमा गुम्बा, मठमन्दिर, विद्यालय भवन, आमा समूह भवन, खेलमैदानलगायत पूर्वाधार निर्माण गरेको हो। 

पुँजीगततर्फ रु तीन करोड ८१ लाख ५० हजार बजेट विनियोजन भएकामा रु तीन करोड १३ लाख २५ हजार ५८४ खर्च भएको कार्यालय प्रमुख विदुरहरि आचार्यले जानकारी दिए। 

उनका अनुसार भानु नगरपालिका–११ स्थित मानेचौका छेदेन कर्मा छेलिङ गुम्बा निर्माण तथा संरक्षणका लागि रु पाँच लाख बजेट विनियोजन भएकामा रु चार लाख ८९ हजार एक सय ९६ खर्च भएको छ। उक्त रकमबाट गुम्बा स्तरोन्नति, तला थप तथा रेलिङ निर्माण गरिएको हो।

व्यास नगरपालिका–१ स्थित राधाकृष्ण मन्दिर निर्माणका लागि रु दश लाख, शुक्लागण्डकी नगरपालिका–१ स्थित ज्वालादेवी आमा समूह भवनका लागि रु पाँच लाख, भानु–१० स्थित गुरुङ सामुदायिक भवन निर्माण गर्न रु पाँच लाख, भानु–३ स्थित साँखुली सामुदायिक बहुउद्देश्यीय भवन मर्मत गर्न रु पाँच लाख र देवघाट गाउँपालिका–५ स्थित गलेश्वर आश्रममा कम्पाउण्ड निर्माणका लागि रु दश लाख बजेट विनियोजन भएको प्रमुख आचार्यले जानकारी दिए।

उनका अनुसार शुक्लागण्डकी नगरपालिका–५ स्थित दरगाउँ गुरुङ समाज भवन गर्न रु पाँच लाख, देवघाट–५ स्थित बद्रीनारायण मन्दिर रामानुज पिठ मर्मतका लागि रु पाँच लाख, शुक्लागण्डकी–२ स्थित किराखोर खेलमैदान निर्माण गर्न रु दश लाख, भिमाद नगरपालिका–५ स्थित राममन्दिर टोल वृद्धाश्रमका लागि रु दश लाख विनियोजन भएकामा रु नौ लाख ९२ हजार ८०५ खर्च भएको छ। 

चालुतर्फ ९२ प्रतिशत खर्च
कार्यालयले सोही अवधिमा चालुतर्फ ९२ दशमलव ५० प्रतिशत बजेट खर्च भएको जनाएको छ। चालुतर्फ रु एक करोड ८७ लाख ५० हजार विनियोजन भएकामा रु एक करोड ४८ लाख ६० हजार ५०८ खर्च भएको प्रमुख आचार्यले बताए। 

चालुतर्फ कार्यालयले ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई अनुदान, अपाङ्गता भएका व्यक्तिका लागि समुदायमा आधारित पुनःस्थापना कार्यक्रम, एकल महिलाका लागि नेतृत्व विकास, अभिभावक शिक्षा, लागुऔषध नियन्त्रणका लागि सचेतना कार्यक्रम, किशोरीलाई आत्मरक्षासम्बन्धी तालिम, बालमैत्री स्थानीय शासन प्रवर्द्धन तथा व्यवस्थापनलगायतका कार्यक्रम सम्पन्न गरेको छ। 

विसं २०७८ भदौ २३ गते जिल्लामा सामाजिक विकास कार्यालय स्थापना भएको थियो। कार्यालयले युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिकलगायत क्षेत्रमा काम गर्दै आएको छ। साढे तीन वर्ष शिक्षा विकास तथा समन्वय इकाइको दुई कोठामा सञ्चालन रहेको कार्यालयले विसं २०८१ पुस १४ गतेदेखि आफ्नै भवनबाट सेवा दिइरहेको छ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad