केही सातायता प्रत्येक दिन जहाजहरू ग्राउण्डेड भएका छन्। ग्राउण्डेड प्राविधिकभन्दा पनि जहाजसँग चरा ठोक्किनुले हो। सुन्दा पनि अचम्म लाग्न सक्छ, स-साना चरा ठोक्किनाले पनि जहाज ग्राउण्डे हुने हो र? तर वास्तविकता यही नै हो।
उडान अवतरणमा रहेका जहाजसँग चरा ठोक्किदा ज्यानधनको ठूलो क्षति भएको विभिन्न तथ्यांकहरू छन्।
जनकपुर विमानस्थलमा विगत दुई दिनयता रात्रि उडानमा चरा ठोक्किएको छ। यसले जहाजको उडान अवतरणलाई निकै जोखिम बनाएको छ।
जनकपुर विमानस्थलमा पछिल्ला घटना
जुन १३ – दिउँसो अवतरणका क्रममा बर्ड स्ट्राइक
जुलाई ५ – रनवेमा जहाजसँग स्याल ठोक्किएको
जुलाई १८ – विहान अवतरण क्रममा बर्ड स्ट्राईक
जुलाई २३ – रनवेमा स्याल देखिँदा जहाज काठमाडौंँफिर्ता
जुलाई ३० – अवतरणका क्रममा बायाँ इञ्जिनको प्रोपेलरमा चरा ठोक्किदा प्रोपेलर क्षतिग्रस्त
५ अगस्त – रात्रिकालिन अतवरणका क्रममा चरा ठोक्किएको
६ अगस्त – रात्रिकालिन अतवरणका क्रममा बायाँ इञ्जिनको प्रोपेलरमा चरा ठोक्किँदा प्रोपेलर क्षतिग्रस्त
त्यसैगरि आज पनि बिहान पनि काठमाडौँ भद्रपुर उडानमा जहाज ओभरसुट गर्नुपरेको थियो। कारण फेरि विभिन्न चराहरूको आउजाउ। विभिन्न अनलाइन न्युज पोर्टल तथा सामाजिक सञ्जालमा विमानस्थलभित्र चितुवा, स्याल देखिएका भिडिओहरू प्रशस्तै भेट्न सकिन्छ।
विमानस्थलभित्र रहेका ठूलठूला झाडी एवं घाँस समयमा नपन्छाउँदा, नसम्याउँदा यस्ता समस्या बढ्नु स्वभाविक हो। वर्षाको बेला रनवे वरिपरि किरा निस्कँदा चराहरू झुम्मिन्छन्। यी स-साना समस्याहरूलाई समयमै ध्यान नदिँदा उडानहरू जोखिम बन्दै गएको छ।
चरा ठोक्किएपछि जहाजलाई मिहिन ढंगले परीक्षण गर्नुपर्छ। मर्मतसम्भार गर्दा थप समय खर्चिनु पर्छ। यसले उडान विलम्व तथा रद्द गर्नुपर्ने पनि हुन्छ। समयमै उडान भर्न नपाउँदा विमान कम्पनी तथा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ।
नियमित मर्मतसम्भार अत्यन्तै महँगो हुँदै गइरहेको अवस्थामा यस्ता समस्याले झन् विमान कम्पनीहरूको आर्थिक व्ययभार बढाएको छ।
बुद्ध एयरले 'बर्ड तथा एनिमल एक्टिभिटिज' रोकथामका लागि सरोकारवाला निकायसँग सहकार्य गर्न तयार रहेको जनाएको छ। साथसाथै विमानस्थल बाहिर सडेगलेका खाद्यपदार्थ, सिनो नफाल्न जनजागरण कार्यक्रम गर्न पनि आवश्यक रहेको छ।
Shares

प्रतिक्रिया