समाज


नागढुङ्गाबाट लागुऔषध सहित २ जना पक्राउ

नागढुङ्गाबाट लागुऔषध सहित २ जना पक्राउ

नेपालखबर
साउन २६, २०८२ सोमबार १५:३६, काठमाडौँ

काठमाडौँको नागढुंगाबाट लागुऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत सितामणी जिल्ला बस्ने वर्ष ४० को इम्तीयाज राइन खान र ललितपुरको पाटन मंगलबजार बस्ने सिराहाको धनगढीमाई नगरपालिका–१० घर हुने वर्ष २० को राज सिंह रहेका जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ। 

प्रहरीका अनुसार नागढुङ्गास्थित चेक प्वाइन्टमा जनकपुरदेखि काठमाडौंतर्फ आउँदै गरेको बाप्र ०३–००१ख २६८७ नम्बरको यात्रुबाहक बसलाई प्रहरी प्रभाग नागढुङ्गा तथा लागुऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नागढुङ्गा सहितको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार भारतीय नागरिक खानले झोला र टिनको ट्याङकामा राखि बसको डिक्कीमा लुकाई छिपाई गरी ल्याएको अवस्थामा उक्त लागुऔषध बरामद भएको थियो। 

प्रारम्भिक सोधपुक्ष तथा अनुसन्धान गर्दा उक्त लागुऔषध पाटन मंगलबजार बस्ने राज सिंहले मगाएको भनि बताएकोमा खानलाई साथमा लिई खोजतलास गर्दै जाने क्रममा सिंहलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो। 

उनीहरूको साथबाट नाइट्राभ्याट १५,००० ट्याबलेट, ट्रामाडोल ४,५०० क्याप्सुल, नुफिन ७७० एम्पुल, फेनरागन ७३० एम्पुल, डाईजापाम ७३० एम्पुल र मोबाइल थान १ बरामद भएको छ। 

दुवैजना विरुद्ध प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad