समाज


जापनिज इन्सेफलाइटिसबाट थप तीन जनाको मृत्यु

जापनिज इन्सेफलाइटिसबाट थप तीन जनाको मृत्यु

नेपालखबर
साउन २७, २०८२ मंगलबार १७:२२, काठमाडौँ

क्युलेक्स जातको लामखुट्टेको टोकाईबाट सर्ने जापनिज इन्सेफलाइटिस (जेई) बाट थप तीन जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार गत गत असार  देखि हाल सम्म तीन जनाको मृत्यु भएको हो।

मोरङका ४९ र १७ वर्षका पुरुष र वाराका ७४ वर्षीया महिलाको मृत्यु भएको महाशाखाले जनाएको छ।

महाशाखाका खोप शाखा प्रमुख डा अभियान गौतमका अनुसार २०२५ मा ३५ जनामा जेई संक्रमण पुष्टि भएको छ। 

क्यूलेक्स लामखुट्टेले सुगुर र हाँसलाई टोकेपछि मानिसमा सर्ने जेई संक्रमण मस्तिष्कमा असर गर्ने गरेको छ। विश्व स्वास्थ्य संगठन नेपालकी चिकित्सक डा सोनिया भगतका अनसार मस्तिष्कलाई असर पार्ने जेई संक्रमणलाई ‘मस्तिष्क ज्वरो’ भन्ने गरिन्छ। 

‘क्यूलेक्स लामखुट्टेले टोकेको ४ देखि १४ दिन पछि लक्षण देखिन्छ। बिरामीमा उच्च ज्वरो आउने र टाउको दुख्ने लक्षण देखिन्छ। मस्तिष्कमा असर पर्ने भएकाले जेई संक्रमबाट निको भएका बिरामीमा मानसिक समस्या देखिने गरेको छ।’

डा सोनियाका अनुसार जेई निको भएका ५० प्रतिशत व्यक्तिमा बिर्सने, उदासिपन, ध्यान दिन गाह्रो हुने, सामाजिक व्यवहारमा परिवर्तन आउने जस्ता समस्या देखिन्छ। 

‘समयमा नै पहिचान भएन भने लक्षण बढ्दै जान्छ र बिरामीको मस्तिष्कमा असर गरी बिरामीको मृत्यु हुन्छ, त्यस कारण समयमा नै पहिचान हुन सक्नु नै जेईको प्रमुख उपचार हो’ उनले भनिन्। 

गत वर्ष इन्सेफलाइटिसबाट सबै भन्दा धेरै व्यक्तिको मृत्यु भएको थियो। गत वर्ष ८० जना संक्रमित भएका थिए भने २५ जनाको मृत्यु भएको थियो। आर्थिक वर्ष २०८०/०८१ मा १०७ जना संक्रमित भएका थिए भने सात जनाको मृत्यु भएको थियो।

जापानिज इन्सेफ्लाइटिस अर्थात् मष्तिस्क ज्वरो साउनदेखि कात्तिकसम्म धेरै देखिने गरेको चिकित्सकहरू बताउँछन्।

नेपाल सरकारले राष्ट्रिय खोप अभियान अन्तर्गत १२ महिनाको बच्चालाई जेईको निशुल्क खोप लगाउने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad