समाज


राशिफल ३० साउन : धनुको नजिकका व्यक्तिसँग झगडा पर्ने, मीनलाई धनलाभ, तपाईँको भाग्य कस्तो?

राशिफल ३० साउन : धनुको नजिकका व्यक्तिसँग झगडा पर्ने, मीनलाई धनलाभ, तपाईँको भाग्य कस्तो?

ज्यो. मेनुका दाहाल
साउन ३०, २०८२ शुक्रबार ४:३९, काठमाडौँ

आज शुक्रबार, ३० साउन २०८२ (१५ अगस्ट २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: व्यापार, व्यवसायबाट पर्याप्त लाभ मिल्नेछ। नयाँ ठाउँको रमाइलो यात्रा हुनेछ। प्रेमका कोपिला फक्रिएर जानेछन्। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ। वैदेशिक कार्य कमजोर रहला। शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५६, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ।

वृष: परिवारमा झैझमेलाको अवस्था आउला। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। झन्झटिलो काममा संलग्न हुनुपर्ला। मन भावुक र उत्ताउलो बन्न सक्छ। स्थिर सोच, शान्ति र सफलता तपाईँका साथी हुन्। शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो वा सेतो रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, वैदेशिक कार्यमा ४९ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ।

मिथुन: शुभ समाचार सुन्न पाइएला। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। व्यापारमा पुराना ग्राहक फर्कनेछन्। दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। दक्षिण दिशाको यात्रा नगर्ने।

भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६३, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ।

कर्कट: दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। प्रेम सम्बन्ध फक्रिएर जानेछ। मध्य दिनपछि मनमा उत्साह र उमङ्गको कमी होला। विवेक नै सफलताको विश्वसनीय साथी हो। गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ६७, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ।

सिंह: दोहोरो लाभ मिल्नेछ। सजिलै अरूको विश्वास जित्न सकिएला। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। टिम वर्कमा योगदान दिन सकिनेछ। व्यापारिक काम सन्तोषजनक रहनेछ। नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६२, वैदेशिक कार्यमा ५६ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ।

कन्या: लाभहानि, सुखदुःख बराबरी होला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ। व्यर्थको सास्ती खेप्नु पर्ला। परिवारका लागि धेरै समय दिन पाइने छैन। बजार घुम्ने अवसर भने मिल्नेछ। विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३२, व्यापारमा ४०, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ।

तुला: समाजसेवा, परोपकार, धर्मकर्मप्रति आस्था बढ्नेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। हराएको धनमाल हात पर्न सक्छ। सही दृष्टिकोणले भाग्यको खाका बनाउँछ। भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ घ्यू रङ र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६५, वैदेशिक कार्यमा ६६ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ।

वृश्चिक: समाजसेवामा मन लाग्नेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। जीवनसाथीसँग राम्रो आहार विहारका साथै रमाइलो समय बिताउनु हुनेछ। सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग देखिन्छ। अग्रज व्यक्तिसँग सुझाव लिने। उत्तर दिशा नजाने।

भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६५, वैदेशिक कार्यमा ७० र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ।

धनु: कला र गलाको प्रभाव बढ्नेछ। नयाँ वस्त्र प्राप्त हुनेछ। सैद्धान्तिक भन्दा व्यावहारिक ज्ञानमा लाग्नु उचित देखिन्छ। शुभ समाचार सुन्न पाइएला। साँझमा नजिकका व्यक्तिसँग झगडा पर्न सक्छ। लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ८०, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ५७ प्रतिशत रहेको छ।

मकर: भनेको कुराको विपरीत अर्थ लाग्न सक्छ। बन्नै लागेको काम पनि बिग्रिएला। घरपरिवारमा झैझमेलाको अवस्था आउला। स्वास्थ्यमा गडबडी भई कामकाजमा असर पर्न सक्छ। ठूलाबडाको आशीर्वादले काम बन्न सक्छ। विघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

भाग्यशाली रङ घ्यू रङ र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४७, यात्राको योग ३७ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ।

कुम्भ: मित्रले दिल खोलेर सहयोग गर्नेछन्। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। विशिष्ट व्यक्तिसँगको भेटघाटले मन प्रसन्न रहला। केही कामको शुभारम्भ होला। प्रेम र मित्रताको बन्धन कसिनेछ। लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६१, वैदेशिक कार्यमा ५० र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ।

मीन: लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। सेवामूलक कामबाट सुख र सफलता मिल्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिएला। आकस्मिक धनलाभ हुनेछ। अरूको भलाइका लागि दौडधुप गर्नु पर्नेछ। हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६९, वैदेशिक कार्यमा ७६ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad