समाज


रास्वपा नेता पार्थिवेन्द्रको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति

रास्वपा नेता पार्थिवेन्द्रको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति

नेपालखबर
साउन २९, २०८२ बिहिबार १६:४७, काठमाडौँ

नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता पार्थिवेन्द्र उपाध्यायले सिंगो प्रेस जगतलाई लाञ्छना लगाउने गरी दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ।

रुपन्देहीमा हुने उपनिर्वाचनका सन्दर्भमा आयोजित कार्यक्रममा उपाध्यायले केही दिन अघि पत्रकार तथा सिंगो पत्रकारिता क्षेत्रलाई बदनाम गराउने गरी तथ्यहीन अभिव्यक्ति दिएको महासंघ गण्डकी प्रदेश समितिले जनाएको छ।

‘राजनीतिक दलका जिम्मेवार नेताको यसप्रकारको अमर्यादित टिप्पणीप्रति महासंघ भर्त्सना गर्दछ’ महासंघका महासचिव रामप्रसाद दाहालले बिहीबार विज्ञप्ति प्रकाशित गरी भनेका छन्, ‘साथै, महासंघ प्रेस स्वतन्त्रता तथा पत्रकारको पेशाको सम्मान गर्न र तथ्यहीन अभिव्यक्ति नदिन सम्बन्धित पक्षसंग जोडदार माग गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad