समाज


नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध

नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध

नेपालखबर
भदौ १, २०८२ आइतबार १२:३१, चितवन

नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ। 

चितवनको इच्छाकामना गाउँपालिका–५ तुइँनखोला नजिकै बिहान करिब १० बजे पहिरो खस्दा यो सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको हो। 

आइतबार बिहान ४ः२० बजे खसेको पहिरो पन्छाएसँगै बिहान ८ बजेदेखि सडकमा यातायात सञ्चालनमा आएको थियो। 

सोही स्थानमा फेरि पहिरो खस्दा यातायात सञ्चालन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए। अहिले पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad