समाज


बालबालिकाका लागि स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालनमा, पहिलो चरणमा २१ अस्पतालमा सेवा

बालबालिकाका लागि स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालनमा, पहिलो चरणमा २१ अस्पतालमा सेवा

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रत्ननगर, चितवन


नेपालखबर
भदौ २, २०८२ सोमबार १४:५४, काठमाडौँ

सरकारले  ६ महिना देखि ५ बर्ष सम्मका बालबालिकाको आयुर्वेदिक उपचार विधिबाट स्वास्थ्य प्रवद्र्धन र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गरिने स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालनमा ल्याएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वर्णबिन्दु प्राशन निर्देशिका पारित गर्दै आयुर्वेद चिकित्सामा आधारित यो कार्यक्रम पहिलो चरणमा देशभरका २१ आयुर्वेद स्वास्थ्य केन्द्र तथा अस्पतालहरूमा लागू गरेको हो।

२०७९ सालदेखि परीक्षणका रूपमा सुरु गरिएको कार्यक्रम राष्ट्रिय कार्यक्रमको रूपमा विस्तार गरिएको हो। स्वर्णबिन्दु प्राशन कार्यक्रम ज्वरो, अजीर्ण, झाडा, रुघा, खोकी समस्या भएका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाले उपचार गर्ने मन्त्रालयले जनाएको छ। 

स्वर्णबिन्दु प्राशन आयुर्वेदको प्राचीन ग्रन्थ काश्यप संहितामा वर्णन गरिएको विधि हो। यसमा स्वर्ण भष्म, घ्यू, र मह मिसाएर तयार गरिएको लेहलाई थोपा अंशमा बालबालिकालाई सेवन गराइन्छ। आयुर्वेद अनुसार, यस विधिबाट बालबालिकाको शारीरिक, मानसिक विकास तथा रोगसँग लड्ने क्षमता वृद्धि हुने मन्त्रालयले जनाएको छ। 

त्रिवि आयुर्वेद शिक्षण अस्पताल कीर्तिपुर, नरदेवी आयुर्वेद चिकित्सालय, बुटवलको लुम्बिनी आयुर्वेद चिकित्सालय, पोखराको गण्डकी आयुर्वेद अस्पताल, सुर्खेतको प्रादेशिक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र लगायतका २१ वटा अस्पतालमा लागू भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार आयुर्वेदिक ज्ञानलाई आधुनिक सुरक्षा मापदण्डअनुसार मातृशिशु स्वास्थ्य सुधारमा टेवा पुर्‍याउने उद्देश्यले अघि बढाइएको कार्यक्रम हो। 

मन्त्रालयले आगामी वर्षदेखि सबै स्थानीय तहमा विस्तार गर्ने तयारी गरिएको  जनाएको छ।

यी हुन कार्यक्रम लागू भएका अस्पताल

कोसी प्रदेश

प्रादेशिक आयुर्वेद चिकित्सालय, लखनपुर, झापा

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मोरङ

मधेस प्रदेश

प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, पर्सा

प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, धनुषा

प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, सर्लाही

बागमती प्रदेश 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, काठमाडौँ

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, ललितपुर

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, भक्तपुर

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवन

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, नुवाकोट

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मकवानपुर

गण्डकी प्रदेश

गण्डकी आयुर्वेद अस्पताल, पोखरा

धौलागिरि आयुर्वेद अस्पताल, बागलुङ

प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, तनहुँ

लुम्बिनी प्रदेश

लुम्बिनी आयुर्वेद चिकित्सालय, बुटवल

प्रादेशिक आयुर्वेद चिकित्सालय, दाङ, बिजौरी

बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्र, गुलरिया

कर्णाली प्रदेश

प्रादेशिक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र, सुर्खेत

आयुर्वेद स्वास्थ्य केन्द्र, दैलेख

आयुर्वेद स्वास्थ्य केन्द्र, जुम्ला

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad