समाज


३ दशकमा माइन तथा विस्फोटनमा परी प्रहरीसहित ५५१ जनाको मृत्य

३ दशकमा माइन तथा विस्फोटनमा परी प्रहरीसहित ५५१ जनाको मृत्य

नेपालखबर
भदौ ६, २०८२ शुक्रबार १९:८, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले बितेका ३ दशकमा माइन तथा विष्फोटनमा परी ६५१ जना प्रहरी तथा सर्वसाधारणको मृत्यु र २ हजार ८९९ जना घाइते भएको जानकारी दिएका छन्।

शुक्रबार राष्ट्रियसभामा सांसदहरूले राखेको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले २०५२ सालदेखि २०८२ को असारसम्मको सो तथ्यांक नेपाल प्रहरीलाई उद्धृत गर्दै प्रस्तुत गरेका हुन्।

‘द्वन्द्वकालीन घटनाका सम्बन्धमा मृतकका हकदारलाई १० लाखका दरले राहत रकम प्रदान गरिएको छ’, गृहमन्त्री लेखकले भने, ‘घाइते तथा सहिदका सन्तानलाई वार्षिक छात्रवृत्ति प्रदान, टुहुरा बालबालिकाका लागि १८ वर्षसम्म मासिक ४ हजारका दरले प्रदान गरिएको र घाइते अपाङ्गहरूलाई प्रतिशतका आधारमा  मासिक रूपमा जीवन निर्वाह भत्ता जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान गरिँदै आएको छ।’

साथै परिपूरणसम्बन्धी अन्य व्यवस्था, उपचार खर्च, राहत तथा आर्थिक सहायतासम्बन्धी मापदण्ड, २०७९ बमोजिम सरकारको निर्णयबमोजिम हुने गरेको समेत उनले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad