नवलपरासी पूर्व, देवचुलीमा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। मंगलबार साँझ देवचुली नगरपालिका-६ स्थित टोक्रे खोला पुलनजिकै सडकमा लु १ स ९०९४ नम्बरको अटो दुर्घटना हुँदा भारतीय नागरिक ३५ वर्षीया रिजुवाना खातुनको मृत्यु भएको हो।
गम्भीर घाइते भएकी उनको पुरानो मेडकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
साथै दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य ८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
24
Shares

प्रतिक्रिया