समाज


कवाड व्यवसायीले घेरे महानगरको कार्यालय, बालेनले गुण्डागर्दी गरेको आरोप

कवाड व्यवसायीले घेरे महानगरको कार्यालय, बालेनले गुण्डागर्दी गरेको आरोप

नेपालखबर
भदौ ११, २०८२ बुधबार १५:३८, काठमाडौँ

कवाड व्यवसायीहरूले काठमाडौं महानगरपालिकाविरुद्ध विरोध प्रदर्शन गरेका छन्।

कवाड व्यवसायी संघर्ष समिति नेपालको आह्वानमा कवाड व्यवसायीहरुले बुधवार पनि विरोध जनाएका हुन्।

भृकुटीमण्डपमा भेला भएका व्यवसायीहरू जुलुससहित कमलादीस्थित काठमाडौं महानगरपालिका कार्यालय घेराउमा गएका हुन्।

उनीहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले कवाड व्यवसायीमाथि गुण्डागर्दी गरेको आरोप लगाउँदै मेयर साह विरुद्धको प्रदर्शन लेखिएको ब्यानर बोकेर भृकुटीमण्डपमादेखि कमलादीसम्म र्‍याली गरेका छन्। 

महानगरले दुई वर्षदेखि कवाड व्यवसायी र संकलक मजदुरमाथि अन्यायपूर्ण व्यवहार गरिरहेको उनीहरूको आरोप छ।

उनीहरूले महानगरद्वारा गरिएको कुटपिट, सामान जफत र संरचना भत्काउने कार्य तत्काल बन्द गर्न माग गरेका छन्।

मजदुरहरूले ‘कवाड व्यवसायीको श्रमको सम्मान गर’, ‘अन्यायपूर्ण कार्य तुरुन्त बन्द गर’, ‘अदालतको निर्णयलाई सम्मान गर’, लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर विरोध गरेका थिए।

व्यवसायीहरूले सोमबार पनि महानगरको कार्यालय घेराउ गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad