समाज


उखुको समर्थन मूल्य हटाउने निर्णय किसान विरोधी र गैरजिम्मेवार : माओवादी केन्द्र

उखुको समर्थन मूल्य हटाउने निर्णय किसान विरोधी र गैरजिम्मेवार : माओवादी केन्द्र

फाइल तस्बिर


नेपालखबर
भदौ १२, २०८२ बिहिबार १६:२८, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) ले उखु किसानले माइतीघर मण्डलामा थालेको प्रदर्शनप्रति समर्थन जनाएको छ।

पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले बिहीबार विज्ञप्ति जारी गर्दै सरकारले किसानलाई अझै अपमानित गर्ने गरी हालै उखुको समर्थन मूल्य घटाएको निर्णय किसान विरोधी र गैरजिम्मेवार रहेको बताएका छन्।

अघिल्लो माओवादी नेतृत्वको सरकारले किसानलाई राहत दिने उद्देश्यले प्रति क्विन्टल ७० रुपैयाँ अनुदान दिने व्यवस्था गरेको स्मरण गराउँदै हालको उनले सरकारले सो अनुदान घटाएर ३५ रुपैयाँ मात्र तोक्नु अन्यायपूर्ण भएको बताए। ‘यो निर्णयले उत्पादन लागतसमेत धान्न नसक्ने अवस्था सिर्जना गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

माओवादी केन्द्रले आन्दोलनरत किसानको जायज मागप्रति समर्थन जनाउँदै तत्काल बाँकी बक्यौता रकम भुक्तानी गर्न सरकारलाई आग्रह गरेको छ। साथै, किसान राष्ट्रको अर्थतन्त्रको मेरुदण्ड भएकाले समर्थन मूल्य र अनुदानलाई किसानमैत्री ढंगले पुनः निर्धारण गर्नुपर्नेमा जोड दिएको छ।

सापकोटाले किसानलाई वेवास्ता गर्दै विचौलियाको स्वार्थका लागि सत्ता प्रयोग गर्ने प्रवृत्ति खेदजनक भएको बताए। उनले भने, ‘यदि सरकारले किसानका माग सम्बोधन नगरेमा हाम्रो पार्टी किसानसँगै उभिएर संघर्षलाई अझ व्यापक र सशक्त बनाउनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad