समाज


पशुपतिमा जलाउँदै गरेको शवको हड्डी किनबेच गर्ने ४ जना धरौटीमा रिहा

पशुपतिमा जलाउँदै गरेको शवको हड्डी किनबेच गर्ने ४ जना धरौटीमा रिहा

नेपालखबर
भदौ १२, २०८२ बिहिबार १७:२३, काठमाडौँ

पशुपति आर्यघाटबाट शवको हड्डी किनबेच गरेको प्रकरणमा  पक्राउ परेका ४ जना धरौटी रकम बुझाएर रिहा भएका छन्। उनीहरूविरुद्ध आजै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। 

न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले उनीहरूलाई जनही १० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो। 

गौशाला प्रहरी वृत्तले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।  

सर्लाही लालबन्दीका ४२ वर्षीय रामनन्दन ठाकुर, काभ्रेपलान्चोकको मन्डनदेउपुरका ६१ वर्षीय गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल, उदयपुरको कटारीका २४ वर्षीय विनायक मैनाली र सप्तरीको बलानबिहुल का ४१ वर्षीय मिश्रीलाल यादवविरुद्ध मुद्दा दायर गरिएको थियो। 

ढकाल र मैनालीले पशुपतिमा जलाउँदै गरेको शवको हड्डी ठाकुर र यादवलाई ५ सय रुपैयाँमा बेचेको आरोप छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad