समाज


राशिफल १३ भदौ : मकरको नयाँ काम थालनी, मिथुनको बोझ हट्ने, तपाईँको भाग्य कस्तो?

राशिफल १३ भदौ : मकरको नयाँ काम थालनी, मिथुनको बोझ हट्ने, तपाईँको भाग्य कस्तो?

ज्यो. मेनुका दाहाल
भदौ १३, २०८२ शुक्रबार ४:३६, काठमाडौँ

आज शुक्रबार, १३ भदौ २०८२ (२९ अगस्ट २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: आफन्तसँग रमाइलो भेटघाट हुनेछ। मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ।

वृष: आफन्तको प्रगतिमा मन रमाउनेछ। विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ। मुद्दामामिलामा जित हासिल हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। आर्थिक कारोबारबाट राम्रै फाइदा मिल्नेछ। विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ कालो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ।

मिथुन: मनमा भएको बोझ हट्नेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। रोकिएको धनमाल हात पर्न सक्छ। आजको मन्त्र- अलग हुनु विशेष हुनु हो। विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ।

कर्कट: आयव्यय बराबर हुनेछ। मेहनतीहरूका लागि दिन फलदायी रहला। घरपरिवारको समर्थनले नयाँ ऊर्जा दिनेछ। आजको मन्त्र- दृढ निश्चय नै जितको पहिलो पाइला हो। प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ६५, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ।

सिंह: दानपुण्यका कार्यमा सहभागी भइनेछ। शुभकार्यमा सरिक भइएला। सजिलै अरूको विश्वास जित्न सकिनेछ। आकस्मिक धनलाभ हुनेछ। परिवारसँग रमाइलो भेटघाट होला। साँझमा चोटपटकको भय छ। भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ।

कन्या: भाग्यले विभिन्न अवसर जुराउनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। स्वास्थ्यमा सुधार आउला। धनार्जनको नयाँ स्रोत पत्ता लाग्नेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ५९, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ।

तुला: चलाखीपूर्ण बोलीको प्रभावले जटिल काम सफल हुनेछ। अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। प्रेम सम्बन्धका लागि समय श्रेष्ठ छ। स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट राम्रै फाइदा मिल्नेछ। हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ।

वृश्चिक: सुखदुःख बराबरी होला। लेनदेनमा सजगता अपनाउनु पर्नेछ। ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्ला। विचार गरेर बोल्नु र निर्णय लिनु उचित होला। साँझमा लाभदायक यात्रा हुन सक्छ। निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ७२ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ।

धनु: मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। प्रेम सम्बन्ध फक्रनेछ। वित्तीय संस्थामा गरेको लगानीबाट राम्रै फाइदा होला। राजनीतिक र वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। भगवान्‌ शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ।

मकर: नयाँ कामको थालनी हुनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ। बन्दव्यापार र पेसा व्यवसायका क्षेत्रमा प्रगतिको वातावरण बन्नेछ। मुद्दामामिलामा सफलता मिल्नेछ। तीर्थाटनको योग छ। रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ७१, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ।

कुम्भ: रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ। नयाँ ठाउँमा घुमफिरको अवसर मिल्ला। मन्दिर दर्शनको योजना बन्नेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। घरमा अतिथिको आगमन हुनेछ। विदेशबाट शुभ समाचार आउन सक्छ। घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ।

मीन: झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्ला। सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ, सचेत रहनुहोला। साँझमा आफन्तको साथसहयोग मिल्नेछ। पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ४०, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad