समाज


आहालमा पौडी खेल्दा दुई बालबालिका बेपत्ता

आहालमा पौडी खेल्दा दुई बालबालिका बेपत्ता

नेपालखबर
बैशाख ७, २०७७ आइतबार १:५४,

तेह्रथुमको छथर गाउँपालिका-२ हमरजुङको तेलिया खोलाको आहालमा पौडी खेल्ने क्रममा दुई बालबालिका डुबेर बेपत्ता भएका छन्।

घरबाट एक घण्टा टाढाको दूरीमा रहेको तेलिया खोलाको गहिरो आहालमा पौडी खेल्न गएका छ बालबालिकामध्ये १२ वर्षीया एलिना विश्वकर्मा र ११ वर्षीय सरोज विश्वकर्मा डुबेर बेपत्ता भएको शुक्रबारे प्रहरी चौकीका प्रमुख रमेश वनले बताए।

उनीहरु शनिबार दिउँसो साथीहरुसँगै पौडी खेल्न गएका थिए।

धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका दियाले घर भएकी एलिना तेह्रथुमको छथर गाउँपालिका–२ हमरजुङस्थित मावली घरमा बस्दै आएकी थिइन्।

डुबेर बेपत्ता भएका दुवैको खोजी भइरहेको वडाध्यक्ष कुलबहादुर कार्कीले बताए। आहाल गहिरो भएकाले बेपत्ताको खोजीमा समस्या भएको वडाध्यक्ष कार्कीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad