गोरखा केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ।
गोरखको अजिरकोट गाउँपालिका-३ हंशपुर केन्द्रबिन्दु भएर आज बिहान सबा ६ बजे चार म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ।
यसअघि यही भदौ १ गते रामेछापको हेलम्चो आसपास केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो।
नेपालमा पछिल्लो समय ससना रेक्टरस्केलका भूकम्प जाने क्रम जारी रहेको छ। नेपाल हिमालय क्षेत्र भएका कारणले भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ।
192
Shares

प्रतिक्रिया