समाज


आईजीपी थापा र दुई एआईजी हेडक्वार्टरबाट बिदा हुँदै

आईजीपी थापा र दुई एआईजी हेडक्वार्टरबाट बिदा हुँदै

नेपालखबर
भदौ १८, २०८२ बुधबार १४:२०, काठमाडौँ

आजदेखि अनिवार्य अवकासमा जान लागेका प्रहरी महानिरीक्षक(आईजीपी) दीपक थापा र अतिरिक्त महानिरीक्षकहरू सुदीप गिरी र टेकबहादुर तामाङलाई बिदाई गरिएको छ। प्रहरी प्रधान कार्यालयले दिउँसो २ बजेदेखि विदाइको कार्यक्रम राखेको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले बताए। 

विदाइ कार्यक्रमपछि तीनैजनालाई प्रहरी प्रधान कार्यालयबाट निवाससम्म स्कर्टिङसहित पुर्‍याउने तयारी गरिएको छ। उनीहरूलाई भावि प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले विदाइ गर्ने कार्यक्रम रहेको छ।

अघिल्लो साता नै खापुङलाई सरकारले प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ। हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख रहेका खापुङले बिहीबारदेखि प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हाल्नेछन्। 

अवकासमा जाने थापाले आईजीपी गएको चैत ५ गतेदेखि प्रहरीको नेतृत्व गरेका थिए। नेतृत्व सम्हालेको करिब साढे पाँच महिनामै उनी विदा भएका हुन्। दुई एआईजी र थापा ३० वर्षे सेवा अवधिका कारण अवकास हुन परेको हो। उनीहरू तीनै जना २०५२ साल भदौ १९ गते प्रहरी निरीक्षकमा नियुक्त भएका थिए।

गिरी राष्ट्रिय प्रहरी प्रपशिक्षण प्रतिष्ठानमा र तामाङ काठमाडौँ उपत्यका प्रही कार्यालय रानीपोखरीको प्रमुख छन्। उनीहरू अवकास भएसँगै बिहीबारदेखि सीआईबीसहित यी कार्यालय पनि प्रमुखबिहिन हुँदैछन्। यससँगै चार जना एआईजीको दरबन्दी पनि रिक्त हुँदैछ।

आजै उनीहरूलाई गृहमन्त्रालयबाट गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्णमणि दुवाडीले पनि बिदाइ गरिसकेका छन्। 


 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad