समाज


सवा ४ करोड रुपैयाँ र १० किलो सुनसहित पक्राउ परेका श्रेष्ठलाई प्रहरीले राजस्वमा पठायो

छोराको घरमा पनि छापा, नगद र सुन बरामद
सवा ४ करोड रुपैयाँ र १० किलो सुनसहित पक्राउ परेका श्रेष्ठलाई प्रहरीले राजस्वमा पठायो

नेपालखबर
भदौ १८, २०८२ बुधबार १७:१८, काठमाडौँ

काठमाडौँको गङ्गबुबाट सवा ४ करोड नगद र झण्डै १० किलो सुनसहित पक्राउ परेका विनोदकुमार श्रेष्ठलाई प्रहरीले आन्तरिक राजस्व विभाग हरिहर भवनमा पठाएको छ। 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय रानीपोखरी र काठमाडौँ जिल्ला प्रहरी परिसरको टोलीले मंगलबार गोरखाको गोरखा नगरपालिका-६ बसपार्कमा स्थाई घर भएका ७६ वर्षीय विनोदकुमार श्रेष्ठलाई पक्राउ गरेको थियो। 

गङ्गबुस्थित उनको घरमा छापा मारेर नगद र सुन-चाँदीका गरगहना पनि बरामद गरेको थियो। उनको घरबाट प्रहरीले ४ करोड २५ लाख ५० हजार रुपैयाँ बरामद गरेको थियो। यस्तै सुनका गहना ९ किलो ५४१.९२ ग्राम, चाँदीका गहना ३ किलो २१८.९२ बरामद गरेको छ। 

विनोदकुमार श्रेष्ठका छोरा राजकुमार श्रेष्ठको डेरामा पनि प्रहरीले छापा मारेको थियो। राति साढे ९ बजेतिर काठमाडौँ महानगरपालिका १६ नयाँबजारका सनम खड्गीको घरमा डेरा लिई बस्दै आएका राजकुमारको घरबाट पनि प्रहरीले नगद तथा सुनका गहना बरामद गरेको काठमाडौँ परिसरका प्रवक्तान एसपी अपीलराज बोहराले बताए। 

राजकुमार बस्ने कोठाबाट ९० हजार ५ सय रुपैयाँ, पोतेमा रहेको छड्के तिलहरी ५ थान, नौगेडी एक थान, बेरुवा औँठी २ थान र सुनको लकेट एक थान बरामद गरेको हो। बरामद सामानसहित विनोदलाई राजस्व विभागमा पठाइएको एसपी बोहराले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad