समाज


सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयले ज्ञानेन्द्र शाहको शासनको झल्को दियो: अनलाइन पत्रकार संघ

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयले ज्ञानेन्द्र शाहको शासनको झल्को दियो: अनलाइन पत्रकार संघ

नेपालखबर
भदौ १९, २०८२ बिहिबार १८:१७, काठमाडौँ

सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको भन्दै अनलाइन पत्रकार संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

संघका अध्यक्ष शिवप्रसाद सत्यालले विज्ञप्ति जारी गर्दै नेवालमा सूचीकरण नभएको भन्दै अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको पर्याय बनेका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्। 
 
नेपालमा सूचीकरण नभएको नाममा नागरिकले व्यक्तिगत, सामुहिक तथा संस्थागत रुपमा अभिव्यक्तिको माध्यम बनाएका फेसबुक, युटुब, एक्स जस्ता सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय हचुवाको भरमा गरिएको निर्णय भएको संघको ठहर छ। 

'प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको सोझो प्रहार हो। सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयले तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा मोबाइल सेवा बन्द गराएको झल्को आएको छ' विज्ञप्तिमा भनिएको छ,'निर्वाचन प्रक्रियाबाट आएको र लामो लोकतान्त्रिक इतिहास बोकेका दलहरूको सरकारले त्यस्तै तानाशाही मार्ग अवलम्बन गर्न लागेका हुन कि भन्ने आभाष मिलेको छ।'

अनलाइन पत्रकार संघ अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा कुनै सम्झौता गर्न नसक्ने विज्ञप्तिमा उल्लेख छ। 

'सूचीकरण नभएको नाममा सामाजिक सञ्जाल बन्द गर्ने गराउने भन्ने सरकारको निर्णय गैरसंवैधानिक छ, आपत्तिजनक छ, हचुवाको भरमा आएको छ र लोकतन्त्र विरोधी छ,' उनले थप भनेका छन्, 'अनलाइन पत्रकार संघ सरकारलाई यो निर्णय तत्काल सच्याउन आग्रह गर्दछ।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad