समाज


वैशाखयता विपद्का घटनामा परेर २२१ जनाको मृत्यु, २२ बेपत्ता

वैशाखयता विपद्का घटनामा परेर २२१ जनाको मृत्यु, २२ बेपत्ता

फाइल तस्बिर


नेपालखबर
भदौ २१, २०८२ शनिबार ५:५०, काठमाडौँ

शुक्रबार देशभर ३४ वटा विपदका घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरो, अविरल वर्षा, चट्याङ, आगलागी, जनावरको आक्रमणजस्ता विपद्का घटनाबाट मानिस प्रभावित भए।

विपदमा परेर एकको मृत्यु भएको छ जना घाइते भएका छन्। बाढी पहिरोले पाँचवटा सडक अवरुद्ध भए। विपद्ले भौतिक संरचनामा क्षति पुग्दा अनुमानित रु तीन लाख ९५ हजार बराबरको क्षति भएको छ।

प्राधिकरणका अनुसार, पाँचथर, ताप्लेजुङ, लम्जुङ, मुस्ताङ, रोल्पा, रुकुमपूर्व, सुर्खेत, जाजरकोट, रुकुम पश्चिम, डोटी, बझाङ र सोलुखुम्बुमा पहिरोकारण जनजीवन प्रभावित भएको छ।

यस्तै, सोलुखुम्बु, कास्की, दाङ, कालिकोट,रुकुम पश्चिम, बैतडी, डडेल्धुरामा अविरल वर्षाका घटना भएका छन् भने बझाङ, सुनसरी, ओखलढुंगा, रुपन्देही, सर्खेत, मुगु, कैलालीमा चट्याङका घटना भएका छन्।

त्यसैगरि सर्लाही, बर्दिया, कञ्चनपुर र डोटीमा जनावर आक्रमणको घटना घटेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार, गत वैशाखदेखि यही भदौ १८ गतेसम्म कूल तीन हजार ४४७ वटा विपदका घटना घटेका छन्। त्यसमा परेर २२१ जनाको निधन भएको छ भने २२ जना नागरिक बेपत्ता भएका छन्।

विपद्मा परेर ८११ जना घाइते भएका छन्। ती घटनामा परेर छ हजार २६१ घरपरिवार प्रभावित भएका प्राधिकरणले जनाएको छ।

यसबीचमा कूल २५४ वटा बाढीका घटना भएका छन्। त्यसमा परेर २७ जनाको निधन भएको छ भने २२ बेपत्ता भएका छन्। 

बाढीपहिरोमा परेर १० जना घाइते भएका छन् भने एक हजार ८१२ घरपरिवार प्रभावित भएका छन्। यस्तै, ४१८ वटा पहिरोका घटना हुँदा १९ जनाको मृत्यु भएको छ भने ५५९ घरपरिावर प्रभावित भएका प्राधिरकणले जनाएको छ।

यसैगरी, आगलागीका घटना एक हजार २३१ भएका छन्। आगलागीमा परेर २३ जनाको निधन भएको छ भने १७४ घाइते भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad