समाज


निजामती सेवा पुरस्कारबाट महानिर्देशक बराल सम्मानित

निजामती सेवा पुरस्कारबाट महानिर्देशक बराल सम्मानित

नेपालखबर
भदौ २२, २०८२ आइतबार १०:२३, काठमाडौँ

जलस्रोत तथा सिँचाइका क्षेत्रमा उत्कृष्ट सेवा पुर्याएबापत जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इन्जिनियर मित्र बराललाई ‘निजामती सेवा पुरस्कार’ प्रदान गरिएको छ। 

निजामती सेवा दिवस २०८२ का आवसरमा आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बराललाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गरेका हुन्। 

सो अवसरमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने, मुख्यसचिव एकनारायण अर्याल, सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिव रविलाल पन्थ लगायत उपस्थित थिए। ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरी आज निजामती सेवा दिवस मनाइँदै छ। 

तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको समयमा २०१३ साल भदौ १३ पहिलोपटक निजामती सेवा ऐन जारी भएको स्मरणमा २०६१ सालदेखि सरकारले विविध कार्यक्रम आयोजना गरी निजामती सेवा दिवस मनाउन थालिएको हो। 

निजामती सेवा दिवसका अवसरमा प्रधानमन्त्री केशी शर्मा ओली, राष्ट्रपति रामचन्द्र पौडेल लगायतले शुभकामना दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad