समाज


तरकारी बोक्ने जीप दुर्घटना हुँदा एकको मृत्यु, आठ घाइते

तरकारी बोक्ने जीप दुर्घटना हुँदा एकको मृत्यु, आठ घाइते

नेपालखबर
बैशाख ७, २०७७ आइतबार १६:०,

धादिङमा आइतबार भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ। ८ जना घाइते भएका छन्।

मलेखु बजारबाट तरकारी बेचेर फर्केका किसानहरु चढेको बा. १ क ८७३६ नम्बर जीप बेनिघाट रोराङ ४ आरन भञ्ज्याङमा दुर्घटनामा परेको हो। जीप सडकबाट करिब ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा ज्वालामुखी १ देविटारकी सरु बस्यालको घटनास्थलमै मृत्यु भएको हो।

गम्भीर घाइते ३ जनालाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको छ भने ३ जनाको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको छ। सामान्य घाइते २ जनालाई प्राथमिक उपचारपछि घर फर्केका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad